२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

रास्वपा महाधिवेशन : प्रदेशगत केन्द्रीय सदस्यतर्फ विद्युतीय मतपरिणाम सार्वजनिक, कुन प्रदेशमा कसले पाए सर्वाधिक मत

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौ /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा प्रदेशगत (भूगोल समूह) तर्फको विद्युतीय मतदानको मतपरिणाम सार्वजनिक भएको छ।

निर्वाचन समितिका अनुसार सार्वजनिक परिणाम विद्युतीय भोटिङ मेसिनबाट खसेको मतको मात्रै हो। प्रवासबाट अनलाइनमार्फत ४० प्रतिनिधिले मतदान गरेका थिए। ती मत अन्तिम नतिजामा समावेश गरिने जनाइएको छ।

प्रदेशगत समूहमा प्रत्येक प्रदेशका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। सार्वजनिक विद्युतीय मतपरिणामअनुसार प्रदेशगत शीर्ष मत प्राप्त गर्ने उम्मेदवारहरू यसप्रकार छन्–

कोशी प्रदेश

कोशी प्रदेशमा निशा मेहताले सर्वाधिक १८८१, प्राप्त गरिन्। त्यसपछि विश्वराज पोखरेल(१,४६०),शोभा कार्की (१,२०४),कल्पना थापा(९३९), सुजाता तामाङ(८३९),लालविक्रम थापा(७८३),यमलाल चौधरी(७५८), प्रकाश पाठक८८ (७४३), बिरेन्द्र श्रेष्ठ(६३१) र राजकुमार राई (६२४) मतसहित अगाडि रहे।

मधेश प्रदेश

मधेश प्रदेशमा सुष्मा बस्नेतले १४८१, मत सहित शीर्ष स्थान हासिल गरिन्। सरिताकुमारी चौधरी (१,२८०),नमिता यादव (१,११९), मञ्जु सिंह (१,०१३), अंकितकुमार यादव (९५०), गणेश धिमाल८८ (८६३), दिलपाल शाह (८५१),बरुणकुमार झा (७६५),विजय पोखरेल (टंकप्रसाद) (७४०) र रबिन महतो (६५९) मतसहित शीर्ष प्रतिस्पर्धामा रहे।

बागमती प्रदेश

बागमती प्रदेशमा प्रभा ढकाल ले १,५१३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहिन्। विदुसी राणा (१,३१०),आकांक्षा पोखरेल (८५०),  अनिता श्रेष्ठ (८०२), पार्वती थापा (७४९), जगदीशचन्द्र शर्मा (७४०), दीपा लामिछाने (७१२),सुमनविक्रम पाण्डे (६५७), प्रदीप तिम्सिना (६४२) र दिवाकर दंगाल (५९३) मतसहित अगाडि रहे।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा पवित्रा थापा ले १,०४२ मत प्राप्त गरिन् । मनिष खनाल (१,०१२), सोम शर्मा (९५५),पूजा बास्तोला (८९३), पार्वती अधिकारी (८१५), विष्णुकुमारी गुरुङ (७७४), सन्तोष पन्त (७४४), झबिलाल डुम्रे (७०८), जीवनकुमार श्रेष्ठ (६५९) र श्रीराम न्यौपाने (६४९) शीर्ष मत प्राप्त गर्ने उम्मेदवार बने।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा कल्पना पाण्डे ले १,१०७ मत प्राप्त गर्दै अग्रता कायम गरिन्। संगीता ढकाल (१,०९२), ज्ञानु पौडेल (८९७), देवराज पाठक (८२०), शर्मिला खनाल (६६४), कमल सुबेदी (६०१), बिराज पौडेल (५९९), सरस्वती भण्डारी ढकाल (५३४), गोविन्द पन्थी (५२१) र टंकबहादुर धानी (४७३) मतसहित शीर्ष स्थानमा रहे।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा सीता वादी ले १,७५१ म्त प्राप्त गर्दै सर्वाधिक मत ल्याइन्। विनिता कठायत (१,५००),टासी ल्हजोम (१,१३५), मेनुका शाही (७९८), गोमा थापा (६१६), प्रकाश न्यौपाने (६१२), अनिल बनियाँ (६०३),संगीताकुमारी थापा(५७२), गणेश पाण्डे (५७१) र महेशप्रसाद पाण्डे (५१४) मतसहित अगाडि रहे।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा हेमराज थापा ले २,०३० मत प्राप्त गर्दै सबैभन्दा धेरै मत ल्याए। त्यसपछि केपी खनाल (१,८४०), दीपकराज मोहरा (१,४५०), जानकी जोशी (१,१४८), चन्द्रा ए. चाँदनी (१,१२६), रत्न थापा (९६१), सैलेशकुमार सिंह (७६३), शिवराज पन्त (६३७), बहादुर बिष्ट (५५०) र हरिमोहन भण्डारी (५४१) मत प्राप्त गरे।

निर्वाचन समितिले विद्युतीय मतदानको प्रारम्भिक परिणाम सार्वजनिक गरे पनि प्रवासबाट अनलाइनमार्फत खसेका ४० मत जोडेर अन्तिम मतपरिणाम सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट