चितवन / चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत ९९ सदस्यीय केन्द्रीय समितिको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक परिणामअनुसार पार्टीका वर्तमान उपसभापति स्वर्णिम वाग्ले खुलातर्फ सबैभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। वाग्लेले २ हजार ६५६ मत प्राप्त गरेका छन्।
महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूमध्ये वाग्लेले सर्वाधिक मत ल्याएपछि पार्टीभित्र उनको लोकप्रियता र प्रभाव पुनः पुष्टि भएको विश्लेषण गरिएको छ। खुलातर्फका अन्य उम्मेदवारहरूबीच पनि प्रतिस्पर्धात्मक मतदान भएको निर्वाचन समितिले जनाएको छ।
रास्वपाले पहिलोपटक प्रत्यक्ष निर्वाचनमार्फत केन्द्रीय समिति चयन गरेको हो। महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले आगामी कार्यकालका लागि पार्टीको नीति, संगठन विस्तार तथा राजनीतिक दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
हेर्नुहोस्, केन्द्रीय सदस्य पदमा उम्मेदवारहरूले प्राप्त गरेको मत विवरण
प्रतिक्रिया दिनुहोस