२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

नेपाली स्रष्टाका स्वर अब विश्व सम्पदा : लाइब्रेरी अफ कङ्ग्रेसको डिजिटल अभिलेखमा नेपाली साहित्य

शनिवार , आषाढ १३, २०८३

काठमाडौं  / नेपाली, नेपालभाषा र मैथिली साहित्यका एक दर्जनभन्दा बढी स्रष्टाले आफ्नै स्वरमा वाचन गरेका साहित्यिक कृतिका अंश अब विश्वकै प्रतिष्ठित लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी डिजिटल अभिलेखमा समावेश भएका छन्। यससँगै ती ध्वनि सामग्री विश्वभरका अनुसन्धानकर्ता, अध्येता र साहित्यप्रेमीका लागि सहज रूपमा उपलब्ध भएका छन्।

दक्षिण एसियाली साहित्यिक ध्वनि अभिलेख परियोजना (क्ब्ीच्ए) अन्तर्गत सङ्कलित यी सामग्रीलाई एक वर्ष लामो पुनर्संरचना र डिजिटल रूपान्तरणपछि सार्वजनिक गरिएको हो। नयाँ स्वरूपमा उपलब्ध गराइएका अभिलेखले दक्षिण एसियाली साहित्यिक सम्पदालाई विश्वव्यापी पहुँच दिलाउने विश्वास गरिएको छ।

यसअघि सन् २००४ मा माधव घिमिरे, मोहन कोइराला, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम, बानीरा गिरि, भुवन ढुङ्गाना र दिनेश अधिकारीका आफ्नै स्वरमा वाचन गरिएका कृतिहरू अभिलेखमा समेटिएका थिए। पछिल्लो चरणमा अभि सुवेदी, अशेष मल्ल, कालीप्रसाद रिजाल, कृसु क्षेत्री, नारायण ढकाल, प्रतिसरा सायमी, भुवनहरि सिग्देल, मनु मञ्जिल, माया ठकुरी, मोमिला, राजेन्द्र विमल, शारदा शर्मा, श्रवण मुकारुङ, सरुभक्त, धीरेन्द्र प्रेमर्षी र ज्ञानुवाकर पौडेललगायतका स्रष्टाका स्वर पनि थपिएका छन्।

साहित्यकार कृसु क्षेत्रीका अनुसार ध्वनि अभिलेखले केवल रचना मात्र होइन, स्रष्टाको उच्चारण, लय, भावाभिव्यक्ति र भाषिक संस्कृतिलाई समेत भावी पुस्ताका लागि सुरक्षित राख्ने महत्वपूर्ण भूमिका खेल्नेछ।

बङ्गलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलङ्काका २० भाषामा सिर्जना गर्ने एक सयभन्दा बढी लेखकको सहभागिता रहेको दक्षिण एसियाली साहित्यिक धरोहर संरक्षणको महत्वपूर्ण परियोजनाका रूपमा परिचित छ। यसमा उपन्यास, कथा, कविता, नाटक र निबन्धलगायत विभिन्न विधाका सिर्जना समेटिएका छन्।

सन् २००२ देखि सञ्चालनमा रहेको यस परियोजनामा लेखकका ध्वनि अभिलेखसँगै तस्बिर र संक्षिप्त जीवनीसमेत समावेश गरिएको छ। यी सामग्रीहरू ‘साउथ एसियन डिजिटल कलेक्सन’ मार्फत विश्वभरका पाठक र अनुसन्धानकर्ताका लागि खुला गरिएको छ।

क्षेत्रीका अनुसार यो डिजिटल प्रस्तुतीकरणले नेपाली, नेपालभाषा र मैथिली साहित्यलाई अन्तर्राष्ट्रिय साहित्यिक समुदायसँग अझ मजबुत रूपमा जोड्ने पुल निर्माण गरेको छ। उनले एसएएलआरपी लाई दक्षिण एसियाको बीसौँ र एक्काइसौँ शताब्दीको साहित्यिक चेतना, सांस्कृतिक स्मृति र सिर्जनात्मक उत्तराधिकार संरक्षण गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट