२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

गृहमन्त्रीकाे पारा नै अर्कै

भेष बदलेर हाप पाइन्टमै गृहमन्त्री सुधन गुरुङ सीमा क्षेत्रकाे अनुगमनमा : प्रहरी प्रशासन, बेखबर

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा सम्पन्न महाधिवेशनपछि शुक्रबार राति चुपचाप बारा–पर्साको सीमावर्ती क्षेत्रमा पुगेको खुलेको छ। मन्त्रीको भ्रमणबारे उनको सचिवालय, स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई समेत पूर्वजानकारी नभएको बताइएको छ।

गृहमन्त्री  निकट स्राेतका अनुसार उनी चितवनबाट माडी–ठोरी हुँदै पर्साको सीमावर्ती क्षेत्रमा पुगेका थिए। शनिबार उनले वीरगञ्ज आसपासका जानकी टोला, मटिअर्वा र अलौँ लगायतका सीमावर्ती बस्तीको स्थलगत निरीक्षण गरेका थिए। भ्रमणका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै सीमा सुरक्षा, जनजीवन र स्थानीय समस्याबारे जानकारी लिएका थिए।

प्राप्त भिडियोहरूमा गृहमन्त्री मास्क, टोपी, हाफ टिसर्ट र पाइन्ट लगाएर सामान्य नागरिकझैँ सीमाक्षेत्रमा पैदल हिँड्दै स्थानीय ज्येष्ठ नागरिकसँग कुराकानी गरिरहेको देखिन्छ। औपचारिक सुरक्षा तामझामबिनाको उनको उपस्थितिले स्थानीयसमेत आश्चर्यमा परेका थिए।

home.JPG

भिडियोमा स्थानीय बासिन्दाले सशस्त्र प्रहरीका एक डीएसपीकै मिलेमतोमा तस्करी भइरहेको आरोप लगाएका छन्। उनीहरूले नाकामा जडान गरिएको सीसी क्यामराको पोल देखाउँदै त्यसकै आडमा अवैध गतिविधि हुने गरेको गुनासो पनि गरेका छन्।

स्थानीयको भनाइ सुनेपछि गृहमन्त्री गुरुङले, ‘सीसी क्यामराको निगरानी कहाँबाट हुन्छ?’ भनेर प्रश्न गरेका थिए। जवाफमा स्थानीयले जिल्ला प्रशासन कार्यालयबाट यसको निगरानी हुने बताएका छन्।

उता, बारा र पर्साका प्रहरी तथा प्रशासनिक अधिकारीहरूले भने भ्रमणबारे आफूहरूलाई कुनै पूर्वसूचना प्राप्त नभएको बताएका छन्। सामान्यतया गृहमन्त्रीको जिल्लास्तरीय भ्रमणअघि सुरक्षा तथा प्रशासनिक संयन्त्रलाई जानकारी गराइने प्रचलन रहे पनि यसपटक त्यस्तो प्रक्रिया अपनाइएको देखिएको छैन।

गृहमन्त्रीको यस गोप्य भ्रमणको उद्देश्यबारे गृह मन्त्रालयले औपचारिक जानकारी सार्वजनिक गरेको छैन। यद्यपि सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी र सुरक्षा अवस्थाको वास्तविक चित्र बुझ्न मन्त्री आफैं गोप्य रूपमा पुगेको हुन सक्ने अनुमान गरिएको छ।

गोप्य शैलीमा गरिएको यो भ्रमण अहिले राजनीतिक र सुरक्षा वृत्तमा चासोको विषय बनेको छ। गृह मन्त्रालयले भ्रमणको उद्देश्य र निष्कर्षबारे औपचारिक धारणा सार्वजनिक भएकाे छैन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट