२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

स्थापनादिवसमा उद्योग परिसंघ कोशीको सामाजिक अभियान : वृक्षारोपण, ह्वीलचेयर हस्तान्तरण र रक्तदान

आइतवार , आषाढ १४, २०८३

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आफ्नो स्थापनादिवस विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरी मनाएको छ । 

असार १४ गतेलाई स्थापनादिवसका रूपमा मनाउँदै परिसंघले वृक्षारोपण तथा बाटिका संरक्षण, फरक क्षमता भएका बालकलाई ह्वीलचेयर हस्तान्तरण र रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

परिसंघले विराटनगर–धरान सडकअन्तर्गत बरगाछीस्थित आफ्नो सचिवालय अगाडिको डिभाइडरमा निर्माण तथा संरक्षण गर्दै आएको सीएनआई बाटिकामा सरसफाइ, गोडमेल, तारबार मर्मत, सूचना बोर्ड पुनःरङ्गरोगन तथा नयाँ धुपीका बिरुवा रोपेर बाटिकाको संरक्षण र सौन्दर्य अभिवृद्धि गरेको जनाएको छ । कार्यक्रममा परिसंघका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

स्थापनादिवसकै अवसरमा मोरङको कटहरी गाउँपालिका–१ जम्टौेकीका ७ वर्षीय फरक क्षमता भएका बालक सुवान चौधरी लाई आधुनिक ह्वीलचेयर प्रदान गरिएको छ । आर्थिक अभावका कारण आवश्यक ह्वीलचेयर व्यवस्थापन गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै परिसंघले सहयोग गरेको जनाएको छ ।

582162058_999762306283853_7654897915439642367_n.jpg

ह्वीलचेयर परिसंघका अध्यक्ष पवनकुमार सारडा, संस्थापक अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्डडा तथा कार्यक्रम संयोजक दीपक पौडेल लगायतले बालकका अभिभावकको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।

ह्वीलचेयर प्राप्त गरेपछि बालककी आमाले यस सहयोगले छोरालाई दैनिक जीवनयापन र नियमित विद्यालय जान सहज हुने बताउँदै परिसंघप्रति आभार व्यक्त गरिन् । उनले यसबाट बालकको मनोबलसमेत उच्च रहने विश्वास व्यक्त गरिन्  ।

त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा परिसंघ परिसरमै रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । परिसंघका पदाधिकारी, सदस्य, उद्योग प्रतिष्ठानका कर्मचारी तथा शुभेच्छुकहरूको सहभागितामा २८ पिन्ट रगत संकलन गरी रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको परिसंघले जनाएको छ ।

730515353_1323162889415956_6682898158171957702_n.jpg

स्थापनादिवसका अवसरमा आयोजित औपचारिक कार्यक्रम परिसंघका अध्यक्ष पवनकुमार सारडाको अध्यक्षता तथा संस्थापक अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष भीम घिमिरेको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा परिसंघका पदाधिकारी, महिला समिति, युवा समिति, उद्यमी–व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

परिसंघले उद्योग प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिँदै समाजसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट