२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

बागमतीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु,

आइतवार , आषाढ १४, २०८३

रौतहट/  रौतहटको गढीमाई नगरपालिका–१ स्थित बागमती नदीमा डुबेर दुई बालकको ज्यान गएको छ।

आइतबार समनपुर हरैया घाटमा नुहाउन गएका स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका करिब ८ वर्षीय छोरा आदित्य यादव नदीमा डुबेर बेपत्ता भएका थिए।

बालकहरू नदीमा बेपत्ता भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी निरीक्षक मुना पासवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा तत्काल खोजी कार्य सुरु गरिएको थियो।

खोजीका क्रममा घटनास्थलबाट करिब ५० मिटर दक्षिणतर्फ बागमती नदीमै दुवै बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट