कजारिया रमेश टायल्सले काठमाडौंको जोरपाटीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । शिव शक्ति बिजनेस हाउससँगको साझेदारीमा सञ्चालित नयाँ सोरुमले स्थानीय घरधनी, निर्माणकर्ता र डिजाइनरलाई लक्षित गर्दै ब्रान्डका प्रिमियम फ्लोर र वाल टायल्सको बृहत् शृंखलामा प्रत्यक्ष पहुँच उपलब्ध गराउने कम्पनीले बताएको छ ।
सोरुम उद्घाटन पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र ब्रान्ड एम्बेसेडर दिव्या रायमाझीले संयुक्त रुपमा गरेका थिए । आधुनिक र आकर्षक शैलीमा व्यवस्थित गरिएको शोरुमले ग्राहकलाई टायल खरिदको उत्कृष्ट अनुभव दिने दाबी कम्पनीको छ ।
जोरपाटीस्थित दक्षिणढोकामा सहज पहुँच हुने गरी स्थापना गरिएको सोरुमबाट आधुनिक टायल डिजाइन र उच्च गुणस्तरीय निर्माण सामग्री खरिद गर्न सकिनेछ । ३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनमार्फत आन्तरिक स्थानलाई निरन्तर रूपान्तरण गर्दै आएको छ । हाल कजारियाका नेपालभर सय बढी सोरुम सन्जाल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस