२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले विरोध जनाएका छन् । सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्नेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन् ।

विरोध जनाउने दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् । विपक्षी सांसदहरूले उठेर विरोध जारी राखेपछि सभाको वातावरण केहीबेर तनावपूर्ण बनेको थियो ।

यसैबीच, सभामुख अर्यालले विपक्षी दलको धारणा राख्न नेपाली कांग्रेसकी सांसद रेनुका काउचालाई समय दिएका छन् । उनले संसद्मा विपक्षी दलहरूको तर्फबाट आफ्नो धारणा प्रस्तुत गरिरहेकी छन् ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने र सहकारी तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी कडा विधेयकहरू टेबुल गर्ने कार्यसूची रहेको थियो । विपक्षी दलहरूले के कस्तो माग वा एजेन्डालाई लिएर संसद् अवरुद्ध गरेका हुन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट