२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

संसद्मा प्रधानमन्त्रीको अभिव्यक्तिमाथि एमालेको विरोध : ‘देशसँग माफी मागियोस्, रेकर्डबाट हटाइयोस्’

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । नेकपा एमालेले सीमा विवादसम्बन्धी विवादित अभिव्यक्तिको विषयलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देशसँग सार्वजनिक माफी माग्नुपर्ने माग गरेको छ । आइतबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले गरेको अवरोधपछि एमालेले संसद्‌मा यस्तो माग अघि सारेको हो ।

सभामुखले समय दिएपछि प्रतिपक्षको तर्फबाट संसद्‌मा बोल्दै एमाले सांसद पुष्पराज कँडेलले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत र राष्ट्रघाती भएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको सो भनाइलाई संसद्को अभिलेख (रेकर्ड) बाट समेत तत्काल हटाउन माग गरेका छन् ।

“राष्ट्रघाती अभिव्यक्तिका लागि प्रधानमन्त्रीजीले देशसँग माफी माग्नैपर्छ । यस्तो गैरजिम्मेवार भनाइ संसद्को रेकर्डमा रहिरहन सक्दैन,” सांसद कँडेलले सदनमा भने

गत जेठ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बालेनले नेपाल–भारत सीमा विवादबारे बोलेका थिए । त्यस क्रममा उनले भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको दाबी गरेका थिए ।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिप्रति एमाले, कांग्रेससहितका विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट