२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

रास्वपामा ३५ हजार भन्दा धेरै सदस्य बालबालिका : सदनमा कांग्रेसले उठायाे प्रश्न

आइतवार , आषाढ १४, २०८३

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएकोप्रति कांग्रेसले संसद्‍मा प्रश्न उठाएको छ। 

प्रतिनिधि सभाको आज बैठक सुरु हुनासाथ कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाको भर्खरै सम्पन्न महाधिवेशनमा ३५ हजार भन्दा धेरै सदस्य बालबालिका रहेको तथ्यप्रति साभामुखको ध्यानाकर्षण गराएकी हुन्। 

‘रास्वपाको महाधिवेशनमा सार्वजनिक भएको तथ्यांकले १८ वर्षभन्दा मुनीका ३५ हजार भन्दा धेरै बालबालिका सो पार्टीको सदस्य रहेको देखिन्छ,’ उनले भनिन्, ‘हाम्रो संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरेको छ। १८ वर्षभन्दा मुनीका बालबालिकालाई पार्टी सदस्य र राजनीतिक गतिविधिमा सहभागी गराए ८० हजार जरिवाना र ३ वर्ष कैद हुने व्यवस्था छ। के रास्वपा संविधान भन्दा माथि हो?’

उनले कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यमा प्रयोग गर्न नपाइने संवैधानिक र कानुनी व्यवस्थाको ख्याल गर्न सरकारको ध्यानाकर्षण गराइन्। 

‘बालबालिकाको मतको भर्‍याङ चढेर रास्वपामा भर्खरै धेरै नेताहरू निर्वाचित हुनु भएको छ,’ उनले भनिन्, ‘विद्यार्थीले राजनीतिक गर्न नहुने भन्दै स्ववियू खारेज गर्ने तयारीमा रहेको सरकारले यसप्रति ध्यान देओस्।’ 

आजको संसद् बैठक सुरु हुनासाथ राप्रपाका ज्ञानेन्द्र शाहीबाहेक विपक्षी दलका सांसद्ले उठेर विरोध जनाएका थिए। 

त्यसपछि सभामुख डीपी अर्यालले विपक्षी दलका सांसद्लाई बोल्न समय दिएका हुन्। 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट