२०८३, आषाढ १६ गते

मंगलवार, आषाढ १६ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरुको शपथ भोलि

मंगलवार , आषाढ १६, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरुको शपथ भोलि बुधबार हुने भएको छ ।

बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय शपथ हुने भएकाे छ । 

रास्वपाको प्रथम महाधिवेशनबाट पदाधिकारीसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 

सभापति रबि लामिछाने, उपसभापति सोविता गौतम, महामन्त्री विपीन आचार्य, सहमहामन्त्री हरि ढकाल, असिम शाह र निशा डाँगीलाई निर्वाचन आयोग प्रमुख भुवन केसीले शपथ गराइसकेका छन् । 
अब ९९ जना केन्द्रीय सदस्यले पार्टी सभापति रबि लामिछानेबाट पद तथा गोपनियताको शपथ लिनेछन् ।  

महामन्त्री विपीन आचार्यकाअनुसार शपथपछि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्नेछ । 

बैठकमा सभापति लामिछानेले मनोनीत गर्ने केन्द्रीय सदस्यको प्रस्ताव गर्न सक्नेछन् । रास्वपाको विधानअनुसार सभापति लामिछानेले ५१ केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ । 

केन्द्रीय सदस्य मनोनीत गरेपछि पदाधिकारी मनोनीत हुनेछ । सभापतिले उपसभापति, महामन्त्री, सहमहामन्त्री २, कोषाध्यक्ष, सहकोषाध्यक्ष २, प्रवक्ता र सहप्रवक्ता ३ मनोनीत गर्ने विधानको व्यवस्था छ । पदाधिकारी मनोनीत गर्दा चार जना महिला र दुई जना समावेशी समूहबाट मनोनीत गर्ने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट