२०८३, आषाढ १६ गते

मंगलवार, आषाढ १६ गते २०८३

चितवन महाधिवेशनपछि रास्वपाले सार्वजनिक गर्‍यो नयाँ केन्द्रीय नेतृत्व (सूचीसहित)

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं / चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आधिकारिक नामावली सार्वजनिक गरिएको छ। पार्टीको निर्वाचन आयोगको बैठकले निर्वाचित नेतृत्वको अन्तिम सूची सार्वजनिक गरेको हो।

 रास्वपा निर्वाचन आयोगले जारी गरेको सूचनामा केही केन्द्रीय सदस्य अदलबदल पनि भएको छ । यस अघि विजय घोषीत दुइ उमेदवार केन्द्रीय समितिबाट बाहिरीएका छन् भने दुइ जना थप भएका छन् ।

 केन्द्रीय सदस्यमा उमेदवारी दिएपनि मत परिणाममा आफ्नो भन्दा कम मत आएकालाई केन्द्रीय सदस्यमा निर्वाचीत गरेको भन्दै उनले आयोगमा उजुरी समेत दिएकी थिइन । उनलाई गण्डकीबाट निर्वाचीत भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

उनी निर्वाचीत हुदा सो क्षेत्रबाट चुनाव  जितेका सोम शर्मालाई केन्द्रीय सदस्यबाट हटाइएको छ । त्यस्तै जनजाति समुहबाट कृष्णमान श्रेष्ठ निर्वाचीत भएको यस अघि घोषणा गरिएपनि अहिले उनको स्थानमा ध्रुव थापामगर निर्वाचीत भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

महाधिवेशनबाट केन्द्रीय सदस्यमा खुलातर्फ ३२ जना निर्वाचित भएका छन्। समावेशी संरचनाअनुसार खस–आर्य समूहबाट १०, जनजातितर्फ ९, थारुबाट २, मधेसीबाट ५, दलितबाट ४ तथा मुस्लिम समुदायबाट २ जना केन्द्रीय सदस्य निर्वाचित भएको आधिकारीक सूची रास्वपा निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यस्तै, भौगोलिक समूहअन्तर्गत सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी ३५ जना केन्द्रीय सदस्य चयन भएका छन्।

निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनमार्फत पदाधिकारीमा निर्वाचित नेतृत्वको नामावली समेत औपचारिक रूपमा सार्वजनिक गरेको जनाएको छ। महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वको विवरण पार्टी संरचनामा अद्यावधिक गर्ने प्रक्रिया समेत अघि बढाइएको छ।

रास्वपाका एक नेताका अनुसार अब बस्ने पहिलो केन्द्रीय समिति बैठकले पदाधिकारीसहित मनोनित गरिने केन्द्रीय सदस्यहरूको चयन गर्नेछ र त्यसपछि पार्टीको पूर्ण केन्द्रीय संरचनाले औपचारिकता पाउनेछ ।

Screenshot 2026-06-30 112435.png
Screenshot 2026-06-30 112502.png
Screenshot 2026-06-30 112530.png
Screenshot 2026-06-30 112602.png
Screenshot 2026-06-30 112625.png
Screenshot 2026-06-30 112647.png

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट