२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

मानव अधिकार आयोगको गुनासो: १३ प्रतिशत मात्र सिफारिस पूर्ण कार्यान्वयन, ५२ प्रतिशत अलपत्र

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफूले गरेका अधिकांश सिफारिसहरू सरकारबाट कार्यान्वयन हुन नसकेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले सिफारिस कार्यान्वयनको अवस्था निकै निराशाजनक रहेको बताएका हुन् ।

समिति बैठकमा मानव अधिकारको वर्तमान अवस्था र आयोगको भूमिकाबारे ब्रिफिङ गर्दै अध्यक्ष मगरले आयोगले अहिलेसम्म गरेका सिफारिसहरूमध्ये केवल १३ प्रतिशत मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको तथ्याङ्क प्रस्तुत गरे । बाँकी ५२ प्रतिशत सिफारिस अझै पनि अलपत्र अवस्थामा रहेको र अन्य सिफारिसहरू भने आंशिक रूपमा मात्र कार्यान्वयन भएको उनले जानकारी दिए ।

ूहाम्रो सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक छैन, सरकारबाट सिफारिसहरू उपेक्षा भइरहेका छन् अध्यक्ष मगरले भने, कुल सिफारिसमध्ये १३ प्रतिशत मात्र कार्यान्वयन हुनु र ५२ प्रतिशत कार्यान्वयन नै नभई थन्किनुले मानव अधिकार रक्षाको सवालमा चुनौती थपेको छ ।

प्रतिनिधिसभाको कानुन समितिले मुलुकको मानव अधिकारको रक्षा, बाल सुधार गृहको अवस्था र आयोगको भूमिकाबारे छलफल गर्न बुधबार आयोगका पदाधिकारीहरूलाई आमन्त्रण गरेको थियो । सोही क्रममा आयोगले राज्यका निकायहरूबाटै मानव अधिकार उल्लङ्घनका घटनामा कारबाही र पीडितलाई न्याय दिन गरिएका सिफारिसहरू कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै संसदीय समितिको ध्यानाकर्षण गराएको हो । छलफलमा सांसदहरूले आयोगका सिफारिस कार्यान्वयन गराउन सरकारलाई आवश्यक निर्देशन दिने र दबाब सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट