२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

सुनको मूल्य घट्यो : प्रतितोला २ लाख ८४ हजार ७०० मा कारोबार हुँदै, चाँदी पनि सस्तियो

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु दुई हजार ४०० र चाँदी रु १६० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३४० कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट