२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

त्रिभुवन विमानस्थलमा शुल्कको नाममा लुटधन्दा भयो  : सांसद तामाङ

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्कको नाममा यात्रु र सवारी चालकबाट ‘लुटधन्दा’ भइरहेको आरोप लगाउँदै तत्काल त्यसलाई रोक्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद तामाङले विश्वका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा नभएको अभ्यास नेपालमा लागू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ तथा प्रवेश शुल्कका नाममा सर्वसाधारणमाथि अनावश्यक आर्थिक भार थोपारिएको बताइन्।

उनले एक घण्टाको पार्किङ शुल्क ८० रुपैयाँ असुल गरिनु अव्यावहारिक भएको उल्लेख गर्दै यसको प्रत्यक्ष असर दैनिक बिहान–बेलुका ट्याक्सी चलाएर जीविकोपार्जन गर्ने चालकहरूमा परेको बताइन्।

‘बिहान–बेलुका ट्याक्सी चलाएर हातमुख जोड्ने चालकहरू सबैभन्दा बढी मर्कामा परेका छन् ’ तामाङले भनिन् ।

उनले संसारका अधिकांश अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु लिन वा छोड्न प्रवेश गर्दा तत्काल शुल्क नलाग्ने व्यवस्था रहेको दाबी गर्दै नेपालमा भने विमानस्थल प्रवेश गरेलगत्तै शुल्क तिर्नुपर्ने अवस्था रहेको बताइन्।

‘शुल्कको नाममा वर्षौंदेखि लुटधन्दा मौलाएको छ। जनता मार्ने र ठेकेदार मोटाउने यस्तो व्यवस्था तत्काल बन्द हुनुपर्छ, ’ उनले सरकारको ध्यानाकर्षण गराइन्।

सांसद तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागू गरिएको पार्किङ तथा प्रवेश शुल्कको पुनरावलोकन गरी सर्वसाधारण र ट्याक्सी चालकलाई राहत हुने व्यवस्था गर्न सरकारसँग माग गरिन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट