२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

सार्वजनिक खरिद र सम्पत्ति शुद्धीकरणसहित चार विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफाबार छलफल

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयकमाथि दफाबार छलफल भएको छ ।

बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सदस्यका प्रस्तावमाथि सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिमा छलफल जारी छ । 

समितिका सभापति कृष्णबहादुर रोकायले आजै राष्ट्रियसभाको बैठकमा ती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

अध्यादेशलाई प्रतिस्थापन गर्न जारी गरिएका विधेयकमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ छन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट