२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

विश्वकप २०२६: मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै साविक उपविजेता फ्रान्स सेमिफाइनलमा प्रवेश

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । कप्तान किलियन एम्बाप्पे र उस्मान डेम्बेलेको उत्कृष्ट गोलको मद्दतले मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको पहिलो हाफमा कप्तान किलियन एम्बाप्पे पेनाल्टीमार्फत गोल गर्न चुकेका थिए । तर, दोस्रो हाफमा उनले उत्कृष्ट पुनरागमन गरे । खेलको ६०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाए ।

त्यसको ६ मिनेटपछि अर्थात् खेलको ६६औँ मिनेटमा एम्बाप्पेकै सानदार पासमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्स २–० ले विजयी भयो ।

यो जितसँगै फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ । यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकपको ट्रफी जितेको थियो भने सन् २०२२ को कतार विश्वकपमा उपविजेता बनेको थियो ।

पहिलो क्वाटरफाइनल जित्दै सेमिफाइनल यात्रा तय गरेको फ्रान्सले अब फाइनल प्रवेशका लागि बेल्जियम र स्पेनबीच हुने खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट