काठमाडौं / त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका र उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङ ले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन्।
गृहमन्त्री गुरुङका अनुसार समितिलाई घटनाको वास्तविक कारण, घटनाक्रम तथा त्यसमा देखिएका कमजोरीहरूको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
उनले घटनामा संलग्न भएको आरोपमा काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको पनि संसदलाई जानकारी दिए।
संसदमा बोल्दै गृहमन्त्री गुरुङले नेपालमा संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार रहेको उल्लेख गर्दै उक्त घटनामा स्थानीय सरकारको जिम्मेवारी भएको बताए ।
प्रतिक्रिया दिनुहोस