२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पार्टीभित्र एकताको माग गर्दै कांग्रेस कार्यालयमा नेविसंघको धर्ना

आइतवार , जेठ १०, २०८३

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप उनीहरूले सांकेतिक विरोध प्रदर्शन गरेका हुन्।

कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्षको बाहिर प्लेकार्ड टाँसेर “Party Unity First, Ego Later”, “१२औँ महाधिवेशन सुनिश्चित गर”, “युवालाई space देऊ, पार्टीलाई pace देऊ” लगायतका नारामार्फत नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

6c428db8-4b97-4254-a49f-15cf795ae003.jpeg


धर्नामा सहभागी विद्यार्थी नेताहरूले नेपाली कांग्रेसभित्रको आन्तरिक एकता सुदृढ हुनुपर्ने र त्यसको आधार विद्यार्थी संगठनबाटै सुरु हुनुपर्ने बताएका छन्। उनीहरूले गुट–उपगुटभन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने धारणा राखेका थिए।


नेविसंघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने मागसमेत गरेका छन्।

7d73179e-48e9-4285-92d1-deb130a37e31.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट