२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

आज २०८३ साल असार ११ गते बिहीबार, आजको राशिफल कस्तो छ  ?

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । २०८३ साल असार ११ गते बिहीबार सन् २०२६ जुन २५ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । आजको राशिफल कस्तो छ हेरौं । 

मेष : दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापार व्यवसायमा फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

वृष : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। व्यापार व्यवसायमा स्वदेशमै सम्भावना छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। राजनीतिक क्षेत्रमा पदोन्नती हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। विदेशी रमझमले आकर्षित गर्नेछ। व्यापारमा लाभ मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। शत्रु बढ्ने जोखिम छ। साथीबाटै असहयोग हुनेछ। खर्च बढ्नेछ। यात्रा अनावश्यक हुनसक्छ। पारिवारिक सम्बन्ध भने सहज बन्ने छ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह : आज दिन राम्रो छ। भाग्यको स्थानमा शुभग्रह रहेकाले आम्दानीका स्रोतहरु भेटिनेछन्। परिवारमा गोपनियता भंग नगर्नुहोला। धार्मिक कार्यमा मन जानेछ। अग्रजको सल्लाहमा गरेको काममा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। आज गरेको कामले दीर्घकालमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। धर्ममा वितृष्णा बढ्नेछ। स्वास्थ्य र शिक्षामा आलश्यता बढ्नेछ।

तुला : आज कला र गला प्रदर्शन गर्ने दिन छ। मानसम्मान प्राप्त हुनेछ । राजनीतिक र धार्मिक पाटोमा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी खेर जाने सम्भावना छ। सोचेर अघि बढ्नुपर्नेछ। पारिवारिक भेटघाट हुने दिन छ।

वृश्चिक : दिन सामान्य छ। कामको बोझ थपिनेछ। शिक्षामा गरेको मिहिनेतले सार्थकता पाउनेछ। तपाईंले विश्वास गरेका पात्रले धोका दिनेछन्। पारिवारिक सम्बन्ध भने सहज बन्ने छ।

धनु : दिन राम्रो छ। नयाँ साथीसँगको अन्तरक्रियाले मन हल्का हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। अध्ययनमा मन जानेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्ने छ।

मकर : आज शुभ दिन रहेको छ । आज गरेको कामबाट दीर्घकालिन फाइदा हुनेछ । काममा सफलता मिल्नेछ । साझेदारीमा गरेको व्यापारबाट लाभ मिल्नेछ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ। बौद्धिक व्यक्तित्वसँग भेटघाट हुने योग छ। आम्दानी बढ्नेछ। बिहान उठेर शिव भजन सुन्ने गरे दिन सहज बन्ने छ।

मीन : दिन सामान्य छ। साथीभाइबाट असहयोग हुने खतरा छ। व्यवहार गर्दा कम बोल्नु उचित हुनेछ। सानातिना कुराले मन अशान्त बन्ने छ। गणेश भगवानको आरधना गर्नु फलदायी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट