२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

रास्वपा महामन्त्रीमा विपीनको सम्भावना बढ्यो

शुक्रवार , आषाढ १२, २०८३

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार विपीन आचार्य सर्वसम्मत हुने सम्भावना बलियो बन्दै गएको छ। आचार्यका अधिकांश प्रतिस्पर्धीले उम्मेदवारी फिर्ता लिएर उनलाई समर्थन जनाएपछि उनको पक्षमा माहोल बनेको हो।

हालका महामन्त्री कबिन्द्र बुर्लाकोटीसहित प्रमोद न्यौपाने, जगदीश खरेल, गणेश पराजुली र शिशिर खनालले संयुक्त पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए। उनीहरूले पार्टीको एकता, संगठन सुदृढीकरण र सहमतिमार्फत नेतृत्व चयनलाई प्राथमिकता दिँदै आचार्यलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन्।

त्यसैगरी, महामन्त्री पदका अर्का उम्मेदवार राजु पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका छन्। उनले पार्टीको एकता र सुदृढीकरणको हितलाई ध्यानमा राख्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

उम्मेदवारी फिर्ताको क्रमसँगै अब महामन्त्री पदको प्रतिस्पर्धामा  मनिष झा, सागर ढकाल, रञ्जु घिमिरे र गणेश कार्की मात्रै बाँकी रहेका छन्। रास्वपाका नेताहरूका अनुसार उनीहरूसँग पनि सहमतिको प्रयास जारी रहेको छ। उनीहरूले समेत उम्मेदवारी फिर्ता लिएमा विपीन आचार्यलाई सर्वसम्मत रूपमा महामन्त्री चयन गर्ने वातावरण बन्न सक्ने नेताहरूको भनाइ छ।

महाधिवेशनमा सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास तीव्र भइरहेका बेला महामन्त्री पदमा आचार्यको सम्भावना बलियो बन्दै गएकोे छ । आचार्य यस अघि सह–महामन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट