२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

२५ अर्वको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ड’ जारी गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार एक वर्षे अवधिको उक्त ऋणपत्रका लागि बुधबार दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिनेछ। ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ भने साँवा २०८४ असार २३ गते फिर्ता गरिनेछ।

बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टर पार्टी) मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले आफूले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलव पछाडि बढीमा चार अंकसम्म) उल्लेख गरी आवेदन दिनुपर्नेछ।

ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको २५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिनेछ। बोलकबोल रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्ने व्यवस्था गरिएको छ।

यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ। बोलकबोल एक वा बहु ब्याजदरमा गर्न सकिने व्यवस्था पनि गरिएको छ।

बाँडफाँट गर्दा प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रमअनुसार मिलाइनेछ। त्यसपछि आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्म पुग्ने बिन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर मानिनेछ। सोही दर तथा त्यसभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने संस्थालाई उक्त एकल ब्याजदरमा ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट