२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

मंगलवार , आषाढ २३, २०८३

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेकाे छ।

अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको र सो बैठक सकिए लगत्तै सञ्चालक समितिको बैठक बसाल्ने तयारी गरिएकाे राष्ट्र बैंक स्राेतले बतायाे ।

सञ्चालक समितिबाट स्वीकृत भएपछि मौद्रिक नीति सार्वजनिक गरिनेछ। गभर्नर डा. विश्वनाथ पौडेल बुधबारदेखि भुटान भ्रमणमा जाने कार्यक्रम छ । त्यसैले आजै मौद्रिक नीति ल्याउने तयारी भइरहेकाे राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

यसपटक मौद्रिक नीतिको संरचनामा पनि परिवर्तन गरिन लागिएको छ। नियामकीय व्यवस्थाहरू मौद्रिक नीतिमा समावेश नगरिने भएको हो। नियामकीय व्यवस्था नियमित परिपत्रबाट ल्याउन सकिने भएकोले मौद्रिक नीतिमा समावेश नगरिने भएको हो। 

सरकारले बजेटमार्फत चालु आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। यो लक्ष्यलाई सहयोग पुग्ने लचिलो मौद्रिक नीति ल्याउने तयारी भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट