२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

मौद्रिक नीतिको स्वागत गर्दै सिबिफिनले भन्यो– 'अर्थतन्त्र र निजी क्षेत्रका लागि सकारात्मक कदम'

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले स्वागत गरेको छ ।

राष्ट्र बैंकको नयाँ नीतिले मूल्य स्थिरता, वित्तीय स्थायित्व, नियामकीय सरलीकरण र समग्र आर्थिक सन्तुलन कायम गर्न सन्तुलित दृष्टिकोण राखेको सिबिफिनको ठहर छ ।

विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै सार्वजनिक गरिएको यस मौद्रिक नीतिले वित्तीय प्रणाली र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको परिसंघले जनाएको छ । विशेषगरी रुग्ण उद्योगहरूको निष्क्रिय कर्जा व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान, र व्यावसायिक वातावरणलाई थप पूर्वानुमानयोग्य बनाउँदै नीतिगत स्थिरता कायम गर्न यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

सिबिफिनले मौद्रिक नीतिमा समेटिएका  नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात (CRR), वैधानिक तरलता अनुपात (SLR) तथा स्थायी तरलता सुविधालाई यथावत् राख्ने निर्णय सकारात्मक रहेको बताएकाे छ ।

सिबिफिनका अनुसार बैंकका शाखाहरू खोल्ने वा बन्द गर्ने प्रक्रियालाई लचिलो बनाइनु र वित्तीय सेवालाई डिजिटलाइजेसन गर्दै सञ्चालन खर्च घटाउन प्रोत्साहन गरिनु स्वागतयोग्य रहेकाे  छ । वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गर्ने तथा विदेशी मुद्रा खरिदका बखत 'स्टेरिलाइज्ड इन्टरभेन्सन' गर्ने नीति सकारात्मक छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार