२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

प्रधानमन्त्रीलाई काग्रेसले भन्याे– अब त कालो चस्मा खोल !

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर सरकारको कडा आलोचना गरेको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद बासना थापाले २०७९ माघ १० गते नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेम आचार्यको घटनापछि तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटस स्मरण गराउँदै अहिले प्रधानमन्त्री बनेपछि त्यसबारे बिर्सिनुभएको हो भन्दै प्रश्न उठाइन्।

उनले त्रिपुरेश्वरमा गणेश नेपालीले शरीरमा आगो सल्काउँदा राज्य किन मूकदर्शक बनेर बस्यो भन्दै सरकारसँग जवाफ मागिन्। आगोमा जलेका नेपालीको उद्धारका लागि समयमै एम्बुलेन्स नपठाई प्रहरीले अपराधीजस्तै घिसारेर लगेको आरोप लगाउँदै उनले प्रश्न गरिन्, “यो उद्धार हो कि गिरफ्तारी हो ? उनले कसको विरुद्ध के अपराध गरेका थिए ?”

सांसद थापाले सरकार जनताको ज्यान जोगाउनुभन्दा मानवीय संवेदनशीलतालाई बेवास्ता गर्दै सामाजिक सञ्जालमा ‘लाइक’ बढाउने चिन्तामा रहेको आरोपसमेत लगाइन्।

उनले केही समयअघि सुकुमवासी बस्ती हटाउने क्रममा १७ वर्षीय रविन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेको तथा बिहीबार धोबीखोलामा हाम फालेर एक जनाको मृत्यु भएको घटनासमेत उल्लेख गर्दै राज्य नागरिकको सुरक्षा सुनिश्चित गर्न असफल भएको टिप्पणी गरिन्।

प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले भनिन्, “राज्य साँच्चै यति निरीह र असफल भइसकेको हो ? अब कालो चस्मा खोल्ने बेला आएको छ। साझा यातायातको हरियो रङ पोतेर मात्र नागरिकले सुरक्षा महसुस गर्दैनन्।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट