काठमाडौं । बिहीबार त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका गणेश नेपालीको घटनाले शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको छ।
सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विरोध गरेका हुन्।
प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले उक्त घटनालाई लिएर समय मागेकी थिइन्।सभामुख अर्यालले कांग्रेस प्रमुख सचेतक वासना थापालाई आफ्नो धारणा राख्न समय दिएका छन्। त्यससँगै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर बैठकमा विरोध जनाए ।
प्रतिक्रिया दिनुहोस