२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

गगनकुमार थापाले भने– गणेश नेपालीको घटनाले समाज, राज्य र सामूहिक चेतनालाई झस्कायाे

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुगुका गणेश नेपालीको घटनाले समाज, राज्य र सामूहिक चेतनालाई झस्काएको बताएका छन्।

उनले यसलाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदनासहित आत्मचिन्तन गर्ने अवसरका रूपमा लिन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, यस कठिन घडीमा पीडित परिवारलाई सक्दो साथ र सहयोग गर्न सबैसँग अपिल गरेका छन्।

उनले विगत वा वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताएका छन्। एउटा युवा किन निराशाको चरम बिन्दुसम्म पुग्छ, आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ, राज्यका सेवा र संयन्त्रले नागरिकलाई भरोसा दिलाउन किन असफल हुन्छन् भन्ने प्रश्नको इमानदार उत्तर खोज्नुपर्ने उनको भनाइ छ।

भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट