२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

गणेश नेपालीको मृत्यु राज्यको असफलता हाे : वर्षमान पुन

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले गणेश नेपालीको मृत्यु राज्यको असफलता भएको बताएका छन् । 

उनले आज प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो बताएका हुन् । 

उनले गणेश नेपालीको आत्मदाहको घटनाले राज्यको गम्भीर असफलता उजागर गरेको भन्दै नयाँ आशा र जनमतका साथ सरकार बनेको भए पनि यस्ता घटना दोहोरिनु चिन्ताजनक रहेको बताए ।

उनले के यो गरिब, दुःखी, विपन्न र सुकुम्वासीहरूले राजधानी वा देशभर बाँच्न र जीविकोपार्जन गर्न नपाउने सङ्केत हो ? भन्दै सरकारसँग प्रश्न गरे । 

सरकारले यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट