२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

सरकारले आत्मदाहको बाटो रोज्न बाध्य बनायो : अध्यक्ष राई

शुक्रवार , आषाढ २६, २०८३

काठमाडाैं । सरकारले राइडसेयर श्रमिक गणेश नेपालीलाई आत्मदाहको निर्मम बाटो रोज्न बाध्य बनाएको  नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ । सरकारका संरचनाहरु जल्लादको भूमिकामा रहेको बताएको छ । 

संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात श्रमिक तथा सडकप्रयोगकर्तामाथि ट्राफिक जरिवानाको आतंक, अभद्र व्यवहार, अत्याचार र चरम अपमान कतिसम्म थियो भन्ने उदाहरण नेपालीको आत्मदाहको घटनाले स्पष्ट गरेको बताएका छन् ।  

शुक्रबार विज्ञप्ती जारी गर्दै गरिखाने श्रमिकलाई आत्मदाहजस्तो निर्मम बाटोे रोज्न बाध्य बनाउने सरकार भएको उल्लेख गर्दै वर्तमान सरकारका संरचनाहरु जल्लादको भूमिकामा रहेको आरोप लगाएका छन् ।  

ट्राफिक जरिवानाको नाममा सडकमा आतंक सिर्जना गर्ने, श्रमिकलाई अपराधीकरण गर्ने कार्यहरू अशोभनीय रहेको उल्लेख गर्दै गणेश नेपालीको हृदयविदारक घटनाले देशभरका करिब १३ लाख श्रमिकलाई त्रस्त बनाएको उल्लेख छ ।

संगठनले गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाही गरिनुका साथै उनको आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेको छ । त्यस्तै ट्राफिक जरिवाना र दण्डको नाममा गरिने दमनकारी अभ्यास तुरुन्त रोक्न सरकारसंग माग राखेको छ । 

सरकारले जारी गर्न लागेको जरिवाना वृद्धि सहितको सवारी तथा यातायात ऐन २०८३ का श्रमिक प्रतिकूल दफाहरु परिमार्जन गर्नुपर्ने सरकारसंग माग रहेकोछ ।

त्यस्तै सडकमा वर्षौँदेखि भइरहेका राज्य आतंकलाई अन्त्य नगर्ने हो भने गणेश नेपालीको आत्मदाहजस्ता घटनामा बढोत्तरी भई थुप्रै श्रमिकले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना हुने उल्लेख गर्दै सार्वजनिक यातायात सुधारका लागि भौतिक पूर्वाधारको सुधार र श्रमिकमैत्री नीति निर्माण गर्न माग राखेको छ ।

यातायात श्रमिकलाई सडकमा हुने दुव्र्यवहार र अपमानको अन्त्य, सुरक्षित पूर्वाधार, स्वच्छ कार्यस्थल, तथा सामाजिक सुरक्षा सहितको सुरक्षित जीवनको ग्यारेन्टी लगायतका चारबुँदे ध्यानाकर्षण गराएको छ ।

बिहीबार मध्यान्ह त्रिपुरेश्वरस्थित राहदानी विभाग अघि मुगुका २५ वर्षीय गणेश नेपालीको मोटरसाइकलमा नगर प्रहरीले ह्वीललक लगाएर जरिवाना काटेपछि आफ्नो गल्ती नभएको जिकिर गरे । 

घण्टौँ मोटरसाइकल नछाडेपछि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए उनको उपचारको क्रममा शुक्रबार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट