२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित सुनिश्चित

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित सुनिश्चित भएको छ ।

डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएका हुन् ।

अमेरिकामा राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज जित्नुपर्छ । उनले अहिलेसम्म २६७ प्राप्त गरिसकेका छन् । प्रतिस्पर्धी मानिएका सात राज्यमध्ये तीन वटामा उनले जित हासिल गरिसकेका छन् भने बाँकी चार राज्यमा पनि उनी अगाडि छन् ।

सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो अन्तरले अगाडि छन् ।

ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । अमेरिकी राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट