२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

प्रधानमन्त्रीलाई भेट्न रास्वपा सभापति लामिछाने बालुवाटारमा

आइतवार , जेठ २४, २०८३

काठमाडौ / पाँचदिने भारत भ्रमण सकेर फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न बालुवाटार पुगेका छन् । 

भेटमा भारत भ्रमणका उपलब्धि, चितवनमा हुन लागेको रास्वपाको पहिलो महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

स्रोतका अनुसार पूर्वगृहमन्त्री सुधन गुरुङ प्रकरणबारे गठित छानबिन समितिले बुझाएको प्रतिवेदन पनि भेटवार्ताको एजेन्डामा रहेको छ। उक्त प्रतिवेदनका आधारमा सरकारको आगामी कदमबारे समेत दुई नेताबीच विचारविमर्श हुन सक्ने जनाइएको छ।
यसअघि आइतबार नै पूर्वमन्त्री गुरुङले आफू पुनः मन्त्री बन्न सक्ने संकेत गरेका थिए ।

त्यसैबीच प्रधानमन्त्री र रास्वपा सभापतिबीच हुन लागेको भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । सभापति लामिछाने भारत भ्रमणको अघिल्लो दिन प्रधानमन्त्री शाहाले नेपालले पनि भारतको जग्गा मिचेको विवादस्पद अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट