२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

ट्रम्पले आफ्नो जित घोषणा गर्दै भने : अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन् ।

उनले फ्लोरिडामा आफ्नो चुनावी अभियानको मुख्यालयमा उपस्थित नागरिकलाई सम्बोधन गरेका हुन् ।

ट्रम्पले भने, ‘हामी हाम्रो देशलाई पुनः प्राप्ति गर्न मद्दत गर्नेछौँ। यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ। यो अमेरिकी जनताका लागि ठुलो जीत हो। जसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्षम बनाउँछ।’

मतदातालाई सम्बोधन गर्दै ट्रम्पले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण दिनको रूपमा सम्झने विश्वास व्यक्त गरे । उनले आफ्नो चार वर्षे कार्यकाल अमेरिकाका लागि स्वर्ण युग (गोल्डेन एज) हुने दाबी गरे ।

उनले भने, ‘यो अमेरिकी जनताको लागि ठूलो विजय हो । अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ ।’

सम्बोधनको क्रममा ट्रम्पले आफ्नो जित घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट