२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

साल्ट कर्पोरेशन धनुषाले बिक्री गर्‍यो १८ करोड ६२ लाखको नुन

मंगलवार , कार्तिक २७, २०८१

जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०र८१ मा १८ करोड ६२ लाख ८१ हजार रुपैयाँ राबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ ।

धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा पाँच करोड २३ लाख रुपैयाँ बराबरको नुन बिक्री गरेको छ ।

सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो । कार्यालयले दसैँतिहार तथा छठपर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ ।

गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने सोसहुलियतदरको पसलबाट हालसम्ममा पाँच हजार छ सय प्याकेट नुन बिक्री गरेर दुई लाख ६१ हजार रुपैयाँ कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताए ।

सहुलियत दरका सो पसलबाट २४ रुपैयाँ प्रतिप्याकेट तथा सोभैm डिलरमार्फत २६ रुपैयाँ प्रति प्याकेट नुन बिक्री भइरहेको बताइएको छ । यस्तै सो कार्यालयले रासायनिक मलको कारोबारसमेत गर्दै आएको प्रमुख साहले जानकारी दिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट