काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु राज्यको नीतिगत असफलताको परिणाम भएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई लक्षित गर्दै काठमाडौं धनी र करोडपतिहरूको मात्र शहर हो कि गरिब, दुःखी र निमुखा नागरिकको पनि हो भन्ने प्रश्न उठाए।
उनले काठमाडौं गरिब र सर्वहाराको पनि शहर भएको उल्लेख गर्दै, यदि उनीहरूका लागि ठाउँ छैन भने काठमाडौं नेपालको राजधानी किन हुनुपर्यो भन्ने प्रश्न गरे। शाहीले गरिब नागरिकले काठमाडौंमा सम्मानपूर्वक बाँच्न नसक्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै राज्यका नीतिहरू धनी वर्गमुखी बन्दै गएको टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस