२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

बिटकोइनले बनायो नयाँ रेकर्ड, मूल्य एक लाख डलर नाघ्यो

बिहिवार , मंसिर २०, २०८१

बीबीसी । बिटकोइनको मूल्य बढेर एक लाख डलरभन्दा माथि पुगेको छ।

संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएपछि उनले क्रिप्टोकरेन्सीलाई अनुकूल हुने खालका नीति अवलम्बन गर्ने आशामा बिटकोइनको मूल्य बढ्न थालेको हो ।

ट्रम्पले भूतपूर्व सेक्युरिटी एन्ड एक्सचेन्ज कमिशन (एसईसी) का पूर्वआयुक्त पोल एट्किन्सलाई वाल स्ट्रीट नियमन गर्ने निकायमा नियुक्त गर्ने घोषणा गरेपछि सर्वाधिक प्रचलित यो क्रिप्टोकरेन्सीको मूल्य अहिलेसम्मकै उच्चतम बिन्दुमा पुगेको हो।

एक बिटकोइनको मूल्य १ लाख डलर अर्थात् १.३५ करोड रुपैयाँभन्दा बढी भएपछि विश्वभरि क्रिप्टोकरेन्सीका प्रशंसकहरू उत्साहित देखिएका छन्।

बिटकोइनको मूल्य एक लाख डलर पुग्ने अनुमान पहिला नै गरिएको थियो। मूल्य एक लाख डलरनजिकै पुग्दा संसारभरिबाट लाखौँ मानिसहरूले अनलाइन माध्यमबाट क्रिप्टोकरेन्सीप्रेमीहरूले उत्सव मनाएको हेरेका थिए।

सन् २०२१ मा ट्रम्पले बिटकोइनलाई 'छल' भनेका थिए। तर पछि उनले उक्त क्रिप्टोकरेन्सीका बारे आफ्नो धारणा फेरे। यो वर्ष निर्वाचनको प्रचारप्रसारका बेला उनले बिटकोइनका समर्थकहरूसमक्ष अमेरिकालाई 'पृथ्वीको क्रिप्टो राजधानी' बनाउने उद्घोष पनि गरेका थिए।

बिटकोइनको मूल्य कहिले ह्वात्तै बढ्ने र कहिले ह्वात्तै घट्ने गरेको छ।

यो पनि : 

डिजिटल मुद्रा : ‘बिटकोइन’ देखि ‘एक्सआरपी’ सम्म, यस्तो छ अर्थ ?

बिटकोइनको भाउ आकासिएर पहिलो पटक ९४ हजार डलर पुग्यो

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट