२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सिरियाको राजधानी इस्लामिक विद्रोहीको कब्जामा, राष्ट्रपति असाद भागे

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । सिरियामा इस्लामिक विद्रोहीले राजधानी कब्जा गर्न लागेपछि राष्ट्रपति बसद अल असाद दमास्कसबाट भागेका छन । बीबीसीका अनुसार विद्रोही समूहले देशको उयत्तर,पूर्व र दक्षिण तीन दिशाबाट राजधानी दमास्कस कब्जा गर्न अघि बढेको छ । सिरियामा विद्रोही समूहले चार सहरहरू कब्जा गरेको दाबी गरेका छन्।

विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका छन्। ।

विवरणहरूमा असदले एक विमानमार्फत् दमास्कस छाडेको बताइएको छ। तर उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको छैन।

सिरियाको अवस्थाबारे विद्रोही फौजले गरिरहेका कैयौँ नयाँ घोषणामध्ये एकमा राष्ट्रपति असद देश छाडेर भागेको जनाइएको छ।

लामो समयदेखि गृहयुद्ध झेलिरहेको सिरियामा शनिवार राति राजधानीका सडक सुनसान थिए भने राष्ट्रपति असद दमास्कसबाट कहाँ गए भन्ने केही बताइएको छैन । विद्रोही समूहले अहिलेसम्मकै ठूलो आक्रमण गरेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्। अल कायदाका पूर्व कमान्डरले नेतृत्व गरेको हायात ताहिर अल साम र अमेरिकाले सहयोग गरेर बनेको फ्री सिरियन आर्मी नामक लडाकु समूहले सामूहिक आक्रमण गरेर राजधानी कब्जा गरेका हुन । राष्ट्रपति बसल अल असदका फौजले युद्ध नलडी छोडेर हिँडेकोले प्रकाश गतिमा विद्रोहीले जित्न सफल भएका हुन । बसर अल असद धर्मनिरपेक्ष सत्ताधारी हुन भने विद्रोही इस्लाइमिक जिहादी हुन । सिरिया मात्र नभएर उज्बेकिस्तान देखी तालिवानसम्मका लडाकु जोडिएका समाचार सार्वजनिक भएका छन् । यद्यपि सिरियाको सरकारले अहिलेसम्म आधिकारिक रूपमा आक्रमणबारे कुनै जानकारी सार्वजनिक गरेको छैन। एक दशक लामो गृहयुद्धमा फसेको सिरियामा सत्ता उलटपलट भएपछि शासन व्यवस्था कस्तो हुने हो त्यो अझै अनिश्चित छ । विश्व बैंकका अनुसार सन् २०२१ मा सिरियाको कूल ग्राहस्थ उत्पादन (जिडिपी) आकार ८ अर्ब ९८ अर्ब डलर मात्र छ । सिरियाको प्रतिव्यक्ति आम्दानी वार्षिक ४ सय २१ डलर छ भने आर्थिक वृद्धि १.३ प्रतिशत मात्र छ ।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट