२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

इजिप्टद्वारा ५ सय मिलियन अमेरिकी डलरको सौर्य ऊर्जा प्लान्टको उद्घाटन

आइतवार , मंसिर ३०, २०८१

इजिप्ट । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले शनिवार ५० करोड अमेरिकी डलरको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गरेका छन् । नवीकरणीय ऊर्जा उत्पादनलाई बढावा दिने प्रयासको एक भागको रूपमा दक्षिणी शहर अस्वानमा सो परियोजना शुरु गरिएको हो ।

५ सय मेगावाट क्षमताको एबिडोस सोलार पीभी प्लान्ट दुबईको ऊर्जा कम्पनी एएमईए पावरले विकास गरेको हो । परियोजनाले इजिप्टको भूमिमा लगानी गर्न विदेशी, अरब र स्वदेशी निजी क्षेत्रहरूलाई अवसरहरू प्रदान गर्ने दृष्टिकोणलाई संकेत गर्ने बताइएको छ ।

उक्त प्लान्टले २ लाख ५६ हजार घरमा बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको छ । यसले प्रतिवर्ष लगभग ७६० टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन योगदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट