२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

‘मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन’

सोमवार , पौष ८, २०८१

वासिङ्टन, एएफपी । आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बताएका छन् ।

ट्रम्पले अमेरिकी नियमलाई इङ्गित गर्दै मस्कले अमेरिकी राष्ट्रपति लड्ने सम्भावना नरहेको बताएका हुन् ।

एरिजोनाको फिनिक्समा आयोजित रिपब्लिकन पार्टीको सम्मेलनमा ट्रम्पले भने, “उहाँ राष्ट्रपति हुनुहुने छैन । यो कुरा म तपाईलाई भन्न सक्छु ।”

“तपाईलाई थाहा छ उहाँ किन अमेरिकी राष्ट्रपति हुन सक्नुहुन्न ? उहाँ यो देशमा जन्मनुभएको थिएन”, ट्रम्पले टेस्ला र स्पेस एक्सका मालिकबारे भने, उनी दक्षिण अफ्रिकामा जन्मिएका थिए ।

अमेरिकी संविधानमा राष्ट्रपति हुनका लागि अमेरिकामा जन्मेको अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था छ ।

ट्रम्पले विशेष गरी डेमोक्र्याटिक समूहको आलोचनाको जवाफ दिँदै प्रविधि क्षेत्रका अर्बपति व्यवसायी र विश्वको सबैभन्दा धनी व्यक्तिलाई ‘राष्ट्रपति मस्क’ को रूपमा चित्रण गरेका थिए।

ट्रम्पको ‘दक्षताको शक्ति’ को रूपमा काम गर्ने मस्कको प्रभावले गर्दा डेमोक्र्याटिकहरूले मस्कविरोधी प्रचारलाई केन्द्रित गर्दै एक अनिर्वाचित नागरिकले कसरी यति धेरै शक्ति प्रयोग गर्न सक्छ भन्ने प्रश्नहरू उठाएका देखिन्छ ।

मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा २० करोडभन्दा बढी ‘शुभचिन्तक’ लाई यस हप्ता सरकारी कोषको प्रस्ताव वेकार भनेपछि यसले कतिपय रिपब्लिकनलाई समेत क्रुद्ध पारेको थियो ।

ट्रम्पका साथै मस्कले अन्ततः रिपब्लिकन सांसदलाई अमेरिकी काङ्ग्रेसमा कडा परिश्रम गरी सहमत भएको कोष विधेयक फिर्ता लिन दबाब दिएका थिए । यसले संयुक्त राज्य अमेरिकालाई बजेट अभावको सङ्घारमा धकेल्यो जसको परिणामस्वरूप क्रिसमसको केही दिन अघि सरकारल सेवाहरूलाई नियमित रूपमा अघि बढाउन कठिनाई भयो ।

काङ्ग्रेसले शुक्रबारदेखि शनिबारसम्मको लगातारकोपहलपछि एउटा सहमति गरेको छ र यसले सरकारी सेवाहरू व्यापक अवरोध हुनबाट जोगिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट