२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुग्यो

आइतवार , पौष १४, २०८१

एजेन्सी । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा ६२ पुगेको छ ।

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा ३७ जना पुरुष र २५ जना महिला भएको बताइएको छ । विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए ।

जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहँदा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।

उद्धार कार्य अझै जारी रहेको बताइएको छ । समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका यात्रु थिए ।

यो पनि :

दक्षिण कोरियामा १८१ सवार विमान दुर्घटना, ४७ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट