२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

टर्कीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आग्रह

सोमवार , पौष २२, २०८१

टर्की । टर्कीका विदेशमन्त्री हाकान फिदानले टर्किएले सिरियाको पुनर्निर्माण प्रयासलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय रूपमा आग्रह गरिरहेको बताएका छन् ।

अनाटोलियन क्षेत्रमा अवस्थित निग्दे प्रान्तमा भएको बैठकमा बोल्दै फिदानले सिरियामाथि लगाइएको प्रतिवन्ध हटाउन र देशलाई पूर्वाधार निर्माणमा सहयोग गर्ने टर्किएको जारी प्रयासलाई प्रकाश पारे ।

मन्त्रीले टर्किएले यस क्षेत्र र छिमेकी देशहरूमा शान्ति र स्थायित्व खोजेको बताए । आफ्नो विदेश नीति र प्रयासहरू यही लक्ष्यमा केन्द्रित रहेको उनको दाबी छ ।

फिदानले युद्धग्रस्त देशको आर्थिक सुधारलाई बढावा दिन व्यापार प्रतिवन्ध र सम्पती फ्रिजसहित सिरियामा लगाइएको प्रतिवन्धहरू हटाउन पनि आह्वान गरे ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट