बीबीसी । चीन सहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का महसुस गरिएको शक्तिशाली भूकम्पले तिब्बतमा मानवीय क्षति पुगेको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएको छ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले तिब्बती क्षेत्रमा हालसम्म ९ जनाको मृत्यु भएको थाहा भएको जनाएको छ।
भूकम्पले तिब्बतको सिगात्से सहरका भवनहरूलाई भत्काएको छ भने मानिसहरू भागेर सडकमा निस्किएका थिए।
भूकम्पको धक्का नेपालको राजधानी काठमाडौँमा पनि महसुस गरिएको थियो भने भारतको उत्तरी राज्य बिहारमा पनि कम्पन महसुस गरिएको थियो।
त्यसैगरी भुटानको राजधानी थिम्पूमा पनि भूकम्पको धक्का अनुभव गरिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस