२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

चीनमा भूकम्पमा ३२ जनाको मृत्यु, ३८ घाइते

मंगलवार , पौष २३, २०८१

काठमाडौँ । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान स्थानीय समय (९ः०५ बजे) मा गएको ७ म्याग्नीच्युडको भूकम्पमा ३२ जनाको मृत्यु भएको छ ।

साथै ३८ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ । केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ ।

१० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट