२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

यस्ता छन् उर्जा बचत गर्न चीनले सञ्चालनमा ल्याएको ‘कार्बन फाइबर मेट्रो ट्रेन’ को विशेषता

सोमवार , पौष २९, २०८१

छिङदाओ, सिन्ह्वा । पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह सहर चेङ्दुमा सेट्रोभो १.० नामक कार्बन फाइबर मेट्रो ट्रेनले शुक्रबार यात्रु सेवा सुरु गरेको छ ।

यो मेट्रो ट्रेनमा कार्बन फाइबर कम्पोजिट बडी फ्रेम रहेको छ । यसले मेट्रो ट्रेनको बडी र बोगी फ्रेमको तौल क्रमशः २५ प्रतिशत र ५० प्रतिशतले घटाउँछ ।

सीआरआरसी लिमिटेडका ट्रेनका मुख्य डिजाइनर लिउ जिन्झुले सञ्चालनका क्रममा प्रत्येक ट्रेनको ऊर्जा खपत ७ प्रतिशतले घटाउन सकिने बताए । यसले गर्दा वार्षिक रूपमा १३० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउनेछ ।

विशेष गरी, कार्बन फाइबर सामग्रीको प्रयोगले गाडीलाई बलियो बनाउँछ । साथै, यसको संरचनाको स्थायित्व बढाउँछ । यस ट्रेनको क्याबिन भित्री भाग कार्बन फाइबर तत्वहरूले भरिपूर्ण छ ।

ट्रेनमा उन्नत भाइब्रेसन ड्याम्पिङ र साउन्ड आइसोलेसन पनि समावेश छ, जसले यात्रुहरूका लागि सहज सवारी र थप सहज अनुभव सुनिश्चित गर्दछ ।

के छन् कार्बन फाइबर मेट्रो ट्रेनका विशेषताहरू ?

१. यस्तो ट्रेनको तौल कम हुन्छ । किनकि यसमा कार्बन फाइबरको प्रयोग गरिएको हुन्छ जुन बलियोसँगै हल्का पनि हुन्छ । इस्पात र एल्युमिनियम जस्ता परम्परागत धातुहरूभन्दा कार्बन फाइबर धेरै हल्का हुन्छ । ट्रेनको तौल कम हुँदा यसले खपत गर्ने ऊर्जाको मात्रा घट्छ । फलतः इन्धन खर्च कम आउँछ ।

२. धेरै बलियो हुनाले कार्बन फाइबरले रेललाई बलियो बनाउँछ । फलतः यो टिकाउपूर्ण हुन्छ । खिया नलाग्ने हुनाले यसको हेरचाह र मर्मतसम्भार खर्च पनि कम आउँछ ।

३. ऊर्जा कम खपत गर्ने हुनाले यो वातावरणमैत्री पनि हुन्छ । यसले वातावरण प्रदूषणमा कम योगदान गर्छ । जलवायु परिवर्तनमा कम योगदान गर्छ । विभिन्न विशेषताका कारण कार्बन फाइबर ट्रेनहरू आरामदायी र शान्त हुन्छन् ।

४. यो ट्रेनले विश्वलाई यातायातमा नयाँ बाटो देखाएको छ । यसलाई यातायात क्षेत्रमा एउटा नयाँ सुरुवात भनिएको छ । यसले यातायातलाई हरित परिवर्तनतर्फ लैजाने चिनियाँ अधिकारीहरूले विश्वास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट