२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

रत्ननगर महोत्सवको तयारी पुरा, महासंघका अध्यक्ष ढकालले उद्घाटन गर्ने

बिहिवार , पौष २४, २०८२

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा भोली पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोसत्सवको तयारी पुरा भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सवको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नेछन् । महोत्सव उद्घाटन पूर्व विहान रत्ननगरमा भब्य शोभायात्रा निकालिने छ ।

नेपाल माविको खेलमैदानबाट सुरु हुने शोभायात्रामा १२५ वटा संघसंस्था रहभागी हुनेछन् । आयोजक संघले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । महोत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ ।

१३औं संस्करणको उक्त महोत्सवमा महको उत्पादन र प्रर्बद्धनको लागि छुट्टै परिसर निर्माण गरिएको छ । आर्थिक विकास र कृषिलाई जोड दिइएको उक्त महोत्सवमा किसानले उत्पादन गरेको महको महत्व, त्यसबाट हुने फाइदा र बजारको सम्भावनाको विषयलाई प्राथमिकतामा राखिएको छ ।

यस पटकको महोत्सवमा रामजानकी मन्दिर आकृतिको भब्य गेट निर्माण, जनजाती समुदायको सुन्दर गाउँ, बेरोजगार समस्या निराकरण गर्न रोजगार मेला लगायतका विषयहरुलाई अगाडि बढाइएको महोत्सव मुल समारोह समितिका संयोजक तथा संघका अध्यक्ष शंकर गिरीले बताए ।

कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको खनालले बताए ।

महोत्सव अन्तर्गत भजन, शंखध्वनी, महिला कबड्डी तथा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने छ । वालउद्यानमा जनपरीसंगै बालबालिकालाई लक्षित गरी कस्मिर भ्याली निर्माण गरिदैछ । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जीप सफारी सञ्चालन गरिने छ ।

महोत्सवमा अल्लो र गाजाको बोटबाट बनेका कपडाका स्टलहरु समेत रहने छन् । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहनेछन । महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा ‘बिर्सनु हुन्न बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारा सहित रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए ।

महोत्सव महोत्वब अन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहाचोक स्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको छ । टाँडी बजारलाई चलायमान गराउन र स्थानीय खानाका परिकारको प्रर्बद्धनको लागि खाना महोत्सव आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम संयोजक ज्ञानबहादुर विसुरालले बताए ।

कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको कृषि प्रर्वद्धन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए ।

रत्ननगरमा आयोजना हुने १३औँ रत्ननगर महोत्सवमा दैनिक रक्तदान कार्यक्रम हुने भएको छ। समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती रत्ननगर महोत्सव यही पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा हुदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट