२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

भारत भ्रमणबाट फर्किएपछि रविले भने : नेपाल–भारतबीचको विद्यमान समस्या चरणबद्ध रुपमा समाधान हुन्छ

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको विद्यमान समस्याहरु चरणबद्ध रुपमा समाधान गरिने बताएका छन् । 

पाँच दिने भारत भ्रमणसम्पन्न गरी शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा समाधान गरिने बताएका हुन् ।

लामिछानेले कुनै पनि विषयको समाधानका लागि कूटनीतिक पहल सबैभन्दा महत्वपूर्ण हुने भएकाले  हल्ला र सार्वजनिक रूपमा ढोल बजाएर मात्र समस्या समाधान नहुने जिकिर गरे । लामिछानेले अभियन्ता, पत्रकार र राजनीतिक दलले उठाउने विषय तथा तिनको संवेदनशीलता फरक हुने भन्दै राष्ट्रिय हितसँग जोडिएका विषयमा जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । 

WhatsApp Image 2026-06-05 at 6.26.53 PM.jpeg

उनले धेरैजसो उच्च राजनीतिक भ्रमण बन्द कोठामा हुने गरेकामा आफ्नो भारत भ्रमणमा क्रममा पारदर्शी रुपमा छलफल भएको बताए । भारतीय प्रधानमन्त्रीसँगको छलफलमा समृद्धिको बिषयलाई बिशेष जोड दिएको उनले जानकारी दिए । 

लामिछानेले नेपाल–भारत सम्बन्धका केही पक्ष रिसेट गर्न आफ्नो भ्रमणले मद्दत गर्ने भन्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप सकारात्मक ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे । सीमाका बिषयमा प्रधानमन्त्रीले सार्वजनिक रूपमा व्यक्त गरेका धारणा र त्यसबारे परराष्ट्र मन्त्रालयले जारी गरेको आधिकारिक धारणालाई नै सरकारको औपचारिक दृष्टिकोण मान्नुपर्ने उनको भनाइ छ ।

लामिछानेले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेको र सकारात्मक जवाफ पाएको बताए । 

WhatsApp Image 2026-06-05 at 6.26.54 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट