२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

जेनजी आन्दोलन सम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन निष्पक्ष ढंगले कार्यान्वयन गर्न कांग्रेसको माग

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलन सम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई निष्पक्ष ढंगले कार्यान्वयन गर्न माग गरेको छ । 

बिहीबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले आयोगको प्रतिवेदनका बारेमा सामान्य छलफल भएको भन्दै सत्यतथ्य छानबिन गरेर कानुनसम्मत रूपमा प्रतिवेदनलाई अगाडि बढाउनुपर्ने बताइन् । उनले प्रतिवेदनमा उल्लेख बिषयहरु सत्य भए त्यसलाई अघि बढाउन कांग्रेसको पूर्ण समर्थन रहने समेत उल्लेख गरिन् । 

प्रमुख सचेतक थापाले गणतन्त्र दिवसको समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने बिषय गैर जिम्मेवार भएको टिप्पणी गरिन् । प्रधानमन्त्रीले सम्बोधन गर्न नसक्नुको कारणबारे जानकारी गराउन सक्नुपर्ने उनको भनाइ छ । संसदीय दलको बैठकमा संसदमा पार्टीको भूमिकालाई अझै शसक्त र प्रभावकारी बनाउने बिषयमा छलफल भएको उनले जानकारी दिइन् । 

बजेटमा सरकारले भौतिक पूर्वाधारलाई भन्दा पनि स्वास्थ्य र शिक्षा क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने सुझावहरु आएको थापाले बताइन् । त्यस्तै बैठकमा संसदीय दललाई पूर्णता दिने र बिषयगत समितिको अध्ययनका लागि जिम्मेवारी दिने बिषयमा छलफल भएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट