२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एमआरपी तथा नापतौल सम्बन्धी कानुनी प्रावधानबारे उद्योगी–व्यवसायीलाई जानकारी

मंगलवार , जेठ १९, २०८३

विराटनगर । विराट व्यापार संघले उद्योगी तथा व्यवसायीलाई एमआरपी (अधिकतम खुद्रा मूल्य) तथा नापतौल सम्बन्धी ऐन, कानुन र प्रावधानबारे जानकारी गराउने उद्देश्यले मंगलबार विराटनगरमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा संघका अध्यक्ष प्रमोदकुमार अग्रवाल (जिन्दल) ले व्यवसायीहरूलाई प्रचलित कानुनी व्यवस्था तथा उपभोक्ता अधिकार सम्बन्धी विषयमा सचेत गराउन अन्तरक्रियाको आयोजना गरिएको जानकारी दिए । उनले उद्योगी व्यवसायिलाई पर्ने हरेक समस्याको समाधान गर्न संघ तयार रहेको बताए । 

अन्तरक्रियामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख हितेष बस्नेतले एमआरपी सम्बन्धी ऐन, कानुन तथा प्रावधानबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

उनले मूल्य उल्लेख नभएका खुल्ला सामान प्याकेजिङ गरी बिक्री गर्दा मूल्यसूचीमा स्पष्ट रूपमा मूल्य उल्लेख गर्न व्यवसायीलाई सुझाव दिए । मूल्यसूचीमा मूल्य उल्लेख नगरेको पाइएमा प्रचलित ऐन तथा कानुनबमोजिम कारबाही तथा जरिवाना गरिने उनले बताए ।

त्यसैगरी, गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका सहायक निरीक्षक संजयकुमार यादवले नापतौल सम्बन्धी कानुनी व्यवस्था तथा कार्यालयबाट प्रदान गरिँदै आएका सेवासुविधाबारे जानकारी गराए । 

712743108_965081636318504_3501717416721158717_n.jpg

उनले उद्योगी तथा व्यवसायीलाई प्रयोगमा रहेका यन्त्र, ढक तथा तराजुको वैधानिकता सम्बन्धित कार्यालयबाट प्रमाणित गराएर मात्रै व्यापारिक प्रयोजनमा प्रयोग गर्न आग्रह गरे। नापतौल ऐनको पालना नगरे कानुनअनुसार जरिवाना हुने उनले बताए ।

कार्यक्रममा विराटनगरका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको थियो । निजी क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारीहरूले पनि अन्तरक्रियामा सहभागिता जनाएका थिए ।

सहभागीहरूले कार्यक्रमले एमआरपी तथा नापतौल सम्बन्धी कानुनी प्रावधानबारे स्पष्ट जानकारी प्राप्त भएको भन्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र नापतौल कार्यालय विराटनगरको सहयोगमा सम्पन्न भएको हो ।

712523124_951909884493559_6680492356317557710_n.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट