२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका ओलीले के-के भने ?

बुधवार , जेठ २०, २०८३

काठमाडौं । फागुन २१ को निर्वाचनपछि लज्जास्पद पराजय भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावी सरकार, वर्तमान सरकार, राष्ट्रपति, अदालत, मानव अधिकार आयोगदेखि पार्टी भित्र आफ्नो विरोधीहरुलाई समेत गाली गर्न भ्याएका छन् ।

एमालेको केन्द्रीय संगठन विभागको आयोजनामा ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले आज सम्बोधन गरेका हुन् ।

हाइलाइट्समा हेर्नुहोस् एमाले अध्यक्ष ओलीले के भने ?

–भदौ २३ र २४ को घटना नियोजीत रुपमा घटाइएको थियो, विष्फोटक पदार्थ बनाउने देखि नेताहरुको घर गुगलबाट लोकेट गर्ने काम पुर्व योजना अनुसार नै भएको हो ।

– मैले गोली चलाउनु भनेर कतै पनि भनेको थिइन,आदेश दिएको थिएन ।

–गौरीबहादुर कार्की आयोगलाई मैले बयान दिएको छैन ।

–अहिलेको चुनावको परिणाम पुर्व लक्षित नै थियो, अन्य दलहरुले नमान्दा चुनावको परिणाम थाहा भएपनि हामीले भाग लिएका हौं ।

–अदालतले न्याय दिनुपर्छ तर मलाई तिन पटक सम्म म्याद थपेर शंकाको वातवरण बनायो ।

– सम्पती विवरण बुझाउदिन,मसँग बाँकी खरानी छ,त्यही उठाएर लैजाउ ।

–राष्ट्रपति ले बढो जुक्तिका साथ लोकतन्त्र सिध्याउने काम गर्नु भयो ।

–नेपाली सेना बालेनको मात्रै हुनुहुँदैन ।

–राष्ट्रघाति बोल्दा सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्न सक्नु भएन ।

–शिर काटेर टेबुलमा राखेपछि मात्रै पार्टी एकता हुन्छ भन्ने पक्षमा म छैन

–विद्या भण्डारीको सदस्यता नविकरण हुदैमा कोही सिकन्दर पल्टिनु पर्देन।

–म स्वस्थ्य छु। अहिले नै मर्दीन,पार्टी आन्दोलनलाई टुगोमा नपुर्याउदासम्म नेतृत्व छाडिन्न ।

WhatsApp Image 2026-06-03 at 12.38.12 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट