२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

‘दर्शन र पहिचानका नाममा जनतालाई मूर्ख बनाउन सकिन्छ, तर इमानदार नेतृत्वको विकल्प छैन’ : चन्द्र भण्डारी

बुधवार , जेठ २०, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक यात्रा, चेतना र समाजबारे आफ्नो गहन आत्मसमीक्षा सार्वजनिक गर्दै नेतृत्वमा इमानदारिता, मानवतावादी सोच र दृढ इच्छाशक्ति नभए कुनै पनि राजनीतिक वा वैचारिक प्रणाली सफल हुन नसक्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा ‘तत्वबोध’ शीर्षकमा लामो टिप्पणी लेख्दै उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध पंक्तिबाट आफ्नो विचार सुरु गरेका छन्। 

भण्डारीले विद्यार्थी राजनीतिमा प्रवेश गर्दा आफूलाई राजनीतिक सिद्धान्त, संगठन सञ्चालन र नेतृत्वबारे पर्याप्त ज्ञान नभएको उल्लेख गर्दै समयसँगै देश, जनता र नेतृत्वलाई बुझ्ने अवसर प्राप्त भएको बताएका छन्।

उनले प्रजातान्त्रिक आन्दोलनको यात्रा सहज नभएको स्मरण गर्दै धेरै साथीहरूले ज्यान गुमाएको, जेल बसेको र संघर्षका कठिन चरणहरू पार गर्नुपरेको उल्लेख गरेका छन्। अहिले लोकतान्त्रिक यात्रामा रहेका व्यक्तिहरूलाई पनि समयले क्रमशः चिनाउने र बुझाउने उनको भनाइ छ।

भण्डारीले आफ्नो राजनीतिक अनुभवबाट प्राप्त निष्कर्ष प्रस्तुत गर्दै प्रजातन्त्र, समाजवाद, साम्यवादजस्ता वैचारिक आवरण तथा जात, धर्म, भाषा, प्रदेश, आरक्षण र पहिचानका मुद्दालाई प्रयोग गरेर मानिसलाई सजिलै भ्रमित गर्न सकिने बताएका छन्।

उनले सबैभन्दा चिन्ताजनक पक्ष भनेको मानिसले आफू भ्रममा परेको कुरा समेत थाहा नपाउनु रहेको उल्लेख गरेका छन्। देश र जनतालाई बुझ्ने प्रयासमा आफू केन्द्रित हुँदा कतिपय अवस्थामा कर्तव्यप्रति पर्याप्त ध्यान दिन नसकेको आत्मस्वीकारोक्तिसमेत उनले गरेका छन्।

भण्डारीका अनुसार अहंकार, लोभ र मोह तत्वबोधका सबैभन्दा ठूला शत्रु हुन्। चेतनाले प्राप्त गरेका सत्यहरूलाई पनि यिनै प्रवृत्तिले विषमा परिणत गरिदिने उनको तर्क छ। उनले वैज्ञानिक दृष्टिकोणबाट यिनलाई मानव चेतनालाई प्रभावित गर्ने ‘डोपामिन ट्र्याप’ को संज्ञा दिएका छन्।

फेसबुकमार्फत सार्वजनिक विचारमा उनले ‘तत्वबोध’ लाई अन्धकारबाट मुक्त हुने एकमात्र मार्गको रूपमा व्याख्या गरेका छन्। साथै, समयअनुकूल विचार, दर्शन वा राजनीतिक प्रणाली जति आकर्षक भए पनि नेतृत्वमा इमानदारिता, मानवतावादी दृष्टिकोण र दृढ इच्छाशक्ति नभए अन्ततः कुनै पनि प्रणाली असफल हुने निष्कर्ष प्रस्तुत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट