२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

नेपाललाई विद्युत तथा प्रविधिमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको औद्योगिक रूपान्तरण, ऊर्जा उपयोग र प्रविधि विकासलाई जोड दिँदै नेपाललाई विद्युत तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल विद्युुतीय व्यवसायी महासंघद्धारा आयोजित फिन ईलेक्टो टेक एक्स्पो २०२६” को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालमा प्रविधि, ऊर्जा र औद्योगिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

अध्यक्ष अग्रवालले नेपालको ऊर्जा, विद्युतीय, इलेक्ट्रोनिक्स, सूचना प्रविधि, सञ्चार तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकासलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको प्रदर्शनी केवल एक व्यापारिक गतिविधि मात्र नभई प्रविधि, नवप्रवर्तन, मैत्रीपूर्ण विकास र हरित अर्थतन्त्र निर्माणतर्फको महत्वपूर्ण अभियान भएको बताए ।

उनले उक्त प्रदर्शनीले नेपालमा विद्युतीय तथा इलेक्ट्रोनिक्स क्षेत्रका उद्यमी, व्यवसायी, उत्पादक तथा सेवा प्रदायकबीच आवश्यक सूचना, अनुभव र प्रविधिको आदान–प्रदानलाई सहज बनाउने विश्वास व्यक्त गरे । साथै, यस प्रकारका अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्यमी तथा उत्पादकहरूलाई एउटै मञ्चमा ल्याएर आर्थिक सम्बन्ध विस्तार गर्न मद्दत गर्ने उनको भनाइ छ ।

अध्यक्ष अग्रवालका अनुसार, यस्तो प्रदर्शनीले नेपाललाई नयाँ आर्थिक यात्रातर्फ अघि बढाउने “प्रारम्भिक बिन्दु” को रूपमा काम गर्नेछ । उनले यसले उत्पादन क्षमता र बजार अवसरबीचको दूरी घटाई देशलाई आर्थिक वृद्धिदरको लक्ष्यतर्फ अघि बढाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले नेपालको आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशतसम्म पु¥याउन यस्ता गतिविधिहरूले महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख गरे ।

उनले भारतमा प्रतिव्यक्ति वार्षिक विद्युत खपत करिब १,५०० र चीनमा ७,१०० युनिट किलोवाट आवर रहेको तथ्य प्रस्तुत गर्दै नेपालमा प्रतिव्यक्ति विद्युत खपत करिब ४६५ युनिट किलोवाट आवर मात्रै रहेको बताए । यसले नेपालको ऊर्जा उपयोग र औद्योगिक विकासबीच ठूलो अन्तर रहेको स्पष्ट हुने उनको भनाइ थियो ।

उनले विद्युत खपत वृद्धि र ऊर्जा उपयोग विस्तार नै आर्थिक रूपान्तरणको आधार भएको उल्लेख गर्दै स्वच्छ ऊर्जा विकासलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । 

त्यस्तै, उनले हाल कायम रहेको एमआरपी प्रणालीले व्यवसायिक क्षेत्रमा चुनौती सिर्जना गरेको बताए । विशेषगरी भन्सार बिन्दुमा नै एमआरपी लेबलिङ अनिवार्य गर्दा व्यवसायीलाई कठिनाइ भएको उनको भनाइ थियो । एउटै कन्टेनरमा विभिन्न प्रकारका वस्तुहरू आउने भएकाले भन्सार बिन्दुमा लेबलिङ गर्न व्यवहारिक कठिनाइ रहेको उनले उल्लेख गरे । 

उनले भन्सार पूर्वाधार अझै पर्याप्त रूपमा विकास नभएको कारण वर्तमान प्रणालीले व्यवसायमा अनावश्यक दबाब सिर्जना गरेको भन्दै सुधार आवश्यक रहेको बताए । 

यस्तो व्यवस्थाले उपभोक्तामा समेत प्रत्यक्ष असर पर्ने भएकाले बजारमा स्वतन्त्र प्रतिस्पर्धा र बजार विस्तारलाई प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । 

साथै, अध्यक्ष अग्रवालले प्रदर्शनीले नेपाललाई प्रविधि, ऊर्जा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न सहयोग पुर्याउने विश्वास समेत व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट